राष्ट्रिय क्रिकेट टिमको जर्सीको मुख्य प्रायोजक ‘माई सेकेण्ड टिचर’

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-३०
  • |
  • 952 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । जसको मुख्य प्रायोजक माइ सेकेण्ड टिचर रहेको छ ।

क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीको प्रायोजक खोज्ने जिम्मा एड प्याडलाई दिएको थियो । सो कम्पनीले जर्सीको मुख्य प्रायोजकमा माइ सेकेण्ड टिचरलाई भित्र्याएको छ ।

आज राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र आइएनजी ग्रुपका सुलभ बुढाथोकीले राष्ट्रिय टिमको नयाँ जर्सी सार्वजनिक गरेका हुन ।

सम्झौता अनुसार राष्ट्रिय टिमको जर्सीमा अपलब्ध हुने स्थानहरुमा माइ सेकेण्ड टिचरले मुख्य भागमा राखिने छ । यस्तै आइएनजी ग्रुप र इस्लिङ्टन कलेजको पनि लोगो राखिने भएको छ ।

माइ सेकेण्ड टिचर एक इन्टरनेट लर्निङ मोबाइल एप हो । उसले पहिलो पटक क्रिकेटमा लगानी गर्न लागेको हो । एड प्याडले उसलाई आइसीको क्लोदिङ नियम अनुसार सम्झौता गरेको जनाएको छ ।

यो सम्झौताको रकम भने गोप्य राखिएको छ । क्यानले राष्ट्रिय टिमको जर्सीको प्रायोजकको सबै जिम्मा एड प्याडलाई १५ महिनाका लागि विक्रि गरेको थियो ।

अब एड प्याडले क्रिकेट टिमको जर्सीको प्रायोजक खोज्नेछ भने रकम पनि आफै राख्नेछ । माइ सेकेण्ड टिचरको सम्झौता अहिलेका लागि एक बर्षको रहेको छ ।

शिक्षा क्षेत्रलाई क्रिकेटमा भित्र्याउन पाउँदा खुसी लागेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञेप्तीमार्फत जानकारी दिएका छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey