दर्शकहरुको एउटै गुनासो ‘जर्सी चित्त बुझ्दो भएन’

0

सुर्य ध्वज तामाङ,

नेप्लेज। शनिबारदेखि नेपाल,नेदरल्यान्ड्स र मलेसिया सम्मीलित त्रिकोणात्मक सिरीज शुरु भएको छ ।

उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

क्यानले सिरीज शुरु हुनुअघि कोरोना जोखिमलाई मध्यनजर गर्दै सिमित दर्शकलाई मात्रै मैदान प्रवेश गराउने भनेको थियो तर शनिबारको खेलमा टियु मैदान दर्शकले भरियो । करिब ५ हजारको हाराहारीमा नेपाली समर्थक राष्ट्रिय टिमलाई समर्थन गर्न टियु मैदान पुगेका थिए ।

टिकट काउन्टर देखि लिएर गेटसम्मै दर्शकको घुइँचो लागेको थियो भने दर्शकहरु कोरोनाकोसमेत पर्वाह नगरी सामाजिक दुरि पालना नगरिकनै एकसाथ बसेर खेल नियालिरहेका थिए ।

नेपालको खेल हेर्नका लागि उत्साहित समर्थकहरु नेपाली राष्ट्रिय टिमको नयाँ जर्सिलाई लिएर भने असन्तुष्ट देखिएका छन् । जर्सी सार्वजनिक भएदेखी नै नयाँ जर्सीबारे सामाजिक संजालमा तिव्र आलोचना हुँदै आएको छ ।

समर्थकले मात्रै हैन क्यानकै केही सदस्यले समेत नयाँ जर्सी राम्रो नभएको बताएका छन् । केही दर्शकले नयाँ जर्सिको डिजाइनलाई लिएर आक्रोशसमेत पोखेका छन् ।

‘स्पोन्सर आएर पनि यत्ति नराम्रो जर्सी बनाउनु भनेको नेपाली क्रीकेटको लागि नै नराम्रो हो,यो जर्सी म जस्तै थुप्रै क्रीकेट समर्थकलाई मन परेको छैन,जर्सी खेलाडीले मात्र लाउदैनन् हामी जस्ता समर्थकले पनि लाउछौ, त्यसकारण जर्सी छनोट गर्दा राम्रो डिजाइन ल्याउनु पर्थ्यो’ एकजना समर्थकले भने । अर्का समर्थकले भने राष्ट्रिय टिमले लगाउने जर्सी खुल्ला प्रतियोगिताबाट डिजाइन गरिनुपर्ने धारणा राखे ।

‘खुला प्रतिस्पर्धाबाट जर्सी छनोट गरिनुपर्ने थियो,राष्ट्रिय टिमको जर्सीले सबै समर्थकको मन जित्नुपर्ने थियो तर अहिलेको जर्सिले हामी समर्थलाई दुखित तुल्याएको छ’ समर्थकहरुले खेलको दौरान पनि नेपालको जर्सी राम्रो नभएको भन्दै नारावाजी गरेका थिए । त्रिकोणात्मक सिरीजको दोश्रो खेलमा भोलि मलेसिया र नेदरल्यान्ड्सले खेल्ने तालिका रहेको छ ।

 

Post Add 1025X115
Loading...