राष्ट्रिय क्रिकेट टिमका जर्सीमाथि लापरवाही भएको क्यानका बोर्ड सदस्यको आरोप

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०१
  • |
  • 461 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमको जर्सीको प्रायोजक खोज्ने जिम्मा एक निजी कम्पनीलाई दिएको विषयमा क्यानकै एक बोर्ड सदस्य छुम्बि लामाले सोसियल मिडियामा खुलेरै विरोध गरेका छन । उनले आफ्नो फेसबुक पेजमा लेख्दै क्यानले राष्ट्रिय टिमका जर्सीको प्रायोजक खोज्ने विषयमा बोडमा राम्रोसँग छलफल नै नगरी हतारमा कुनै कम्पनीलाई दिएर अचानक जर्सी सार्वजनिक हुँदा आश्चार्यमा परेको बताएका छन । उनले खेलेका छन ।

‘कुनै पनि राष्ट्रिय टोलीको जर्सीले फरक महत्व बोकेको हुन्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्रदाँ खेलाडीले प्रयोग गर्ने जर्सीले देशकै प्रतिनिधित्व गरेको हुन्छ । लाखौं हज्जार समर्थको भावनालाई बोकेको हुन्छ ।अझ भनौं जर्सी देशकै पहिचान बनेको हुन्छ ।’

‘यस्तो गम्भिर विषयमा नेपाल क्रिकेट संघ ९क्यान० ले गरेको एउटा गम्भिर त्रुटीतर्फ ध्यानाकर्षण गराउन चाहन्छु।नेपाली सिनियर राष्ट्रिय टोलीको जर्सीको प्रायोजक खोज्नेबारे बोर्ड बैठकमा छलफल भएको सत्य हो।तर, त्यसपछि एकैपटक हालै एउटा कार्यक्रम गरी एउटा कुनै कम्पनीले नेपाली राष्ट्रिय टोलीको जर्सी सार्वजनिक गरेको देख्दा क्यान बोर्ड सदस्यको रुपमा आश्चर्यमा परेको छु ।’

‘राष्ट्रिय टोलीको जर्सी जस्तो विषय व्यापक छलफल गरेर टुङ्गाउनु पर्ने हो।त्यसको कलर ‘रंग’, स्टाइल सबैबारे व्यापक छलफल हुनुपथ्र्यो।अझ त्यसका लागि खुल्ला प्रतिस्पर्धामार्फत डिजाइन मागेर उत्कृष्ट एउटा डिजाइनलाई स्विकृत गर्दा उत्तम हुने थियो । तर, यहाँ बोर्ड सदस्य र सरोकारवालाहरुलाई जानकारीसमेत नदिई जर्सी सार्वजनिक गरिएको छ।जसमा नेपाली टोलीले सुरुवातबाटै प्रयोग गर्दै आइरेहको रंग समेत परिवर्तन गरिएको देखिएको छ ।’

‘क्यान बोर्ड सदस्यको हैसियतले राष्ट्रिय टोलीको जर्सीमाथि भएको यो लापर्बाहीप्रति तिब्र असन्तुष्टी जनाउँदै तत्काल निर्णय सच्याउन आग्रह गर्दछु ।पुरस्कारको व्यवस्थासहित खुल्ला प्रतिस्पर्धामार्फत डिजाइन माग गरी राष्ट्रिय टोलीको नयाँ जर्सी निश्चित गर्न माग गर्दछु ।’ लामाले लेखेका छन ।

क्यानले एड प्याडलाई १५ महिनाका राष्ट्रिय टिमको जर्सिको प्रायोजकको अधिकार विक्रि गरेको थियो ।

केहि दिन अगाडी एड प्याडले नेपाली राष्ट्रिय टिमको जर्सी सर्वाजनिक गरेको थियो भने मुख्य प्रायोजकपनि सार्वजनिक गरेको थियो । सो कम्पनीले मुख्य प्रायोजकलाई कति रकममा भित्र्यायो त्यो भने गोप्य राखिएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey