‘सी’ डिभिजनमा सामाजिकको पहिलो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१४
  • |
  • 477 पटक हेरिएको

काठमाडौँ। सामाजिक यूथ क्लबले शहीद स्मारक ‘सी’ डिभिजन लिगमा पहिलो जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स शुक्रबार सम्पन्न दिनको पहिलो खेलमा सामाजिकले स्वयम्भू क्लबलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।

खेलको १८औँ मिनेटमा योगेशले गोल गर्दै सामाजिकलाई शुरूआती अग्रता दिलाएका थिए। त्यसको ५ मिनेटपछि नै उनले नै व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे।

३८औँ मिनेटमा सुवासले गोल गर्दै सामाजिकलाई पहिलो हाफमा ३-१ को अग्रता दिलाए। तर, ४७औँ मिनेटमा प्रवीणकुमार स्याङ्ताले गोल गर्दै स्वयम्भूलाई २-१ को स्थितिमा ल्याए।  

७४औँ मिनेटमा सुवासले व्यक्तिगत दोस्रो गोल गर्दै सामाजिकलाई ४-१ को स्थितिमा पुर्‍याएका थिए। तर, ८३औँ मिनेटमा प्रकाश पुनले गोल स्वयम्भूका लागि गोल गरेका थिए। तर, त्यो गोल पर्याप्त बनेर र खेल सामाजिकले ४-२ ले जित्यो।

जितसँगै ५ खेलमा ५ अंक जोड्दै सामाजिक नवौँ स्थानमा पुगेको छ। समान खेल खेलेको स्वयम्भू २ अंक जोड्दै १२औँ स्थानमा झरेको छ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey