पहिलो हाफमा जोर्डनसँग नेपाल १-० ले पछाडि

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२४
  • |
  • 438 पटक हेरिएको

फिफा विश्वकप तथा एसियन कपको छनोट अन्तर्गत अहिले नेपालले जोर्डनसँग प्रतिस्पर्धा गरिरहेको छ ।

कुवेतको कुवेत सिटी स्टेडियममा पहिलो हाफको खेल सकिँदा नेपाल १–० गोल अन्तरले पछि रहेको छ ।

शुरुदेखि नै नेपालमाथि आक्रमक फुटबल खेलेको जोर्डनको प्रहारलाई किपर किरण चेम्जोङले जोगाएका थिए ।

१६ औं मिनेटमा डिबक्सबाट किलियर गरेका थिए । १८ औं मिनेटमा पुजन उपरकोटीले किलियर गर्र्दै नेपालको खतरा टारेका थिए । यसैगरी २० औं मिनेटमा अनन्त तामाङले जोगाएका थिए ।

२३ औं मिनेटमा रोहितले डी बक्समा फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई जोर्डनका बाहा फैजल सेइफले पेनाल्टी मार्फत गोल गरेका थिए । उक्त प्रहार किपरकै साइडबार च्यापेर गोल भएको थियो ।

नेपाली टिममा युवा खेलाडीको बाहुल्यता रहेको छ । इराक र चाइनिज ताइपेईविरुद्धको खेलमा बेञ्चमै भएका विकास खवास जोर्डनविरुद्ध शुरुवाती ११ मा परेका थिए । तर, उनी २९ औं मिनेटमा घाइते भएपछि रिप्लेस भएका थिए । खवासलाई रिप्लेस गर्दै सुनिल बल मैदान प्रवेश गरेका थिए ।

कुवेतमा अहिले ४१ डिग्री सेल्सीयस तापक्रम रहेको छ । कुलिङ ब्रेकपछि भने नेपालले अलि सुधारिएको प्रदर्शन गरेको थियो । त्यसपछि नेपाली खेलाडीले जोर्डनका गोलकिपरलाई अलि व्यस्त राखेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey