बेन्जिमा एम्बाप्पे रियलमा भत्र्याउने ‘एजेन्ट’ बन्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१९
  • |
  • 449 पटक हेरिएको

रियल मड्रिडका स्ट्राइकर करिव ६ बर्षपछि फ्रान्सको टिममा परेका छन । अहिले उनी आसन्न युरो कपको तयारीमा रहेका छन । युरो कपको तयारीसँगै बेन्जिमा क्लवमा केलियन एम्बाप्पेलाई अनुबन्ध हुनका लागि एउटा एजेन्टको रोल पनि खेलिरहेको बताइएको छ ।

प्रशिक्षणका बेला बेन्जिमा एम्बाप्पेसँग रियलको विषयमा कुरा गरेर उनलाई मनाउने प्रयासमा रहेको मार्काले जनाएको छ । वेल्सविरुद्ध बुधबार मैत्रीपुर्ण खेलमा पहिलो पटक यी दुईको जोडी देखिने संभावना रहेको छ ।

अहिलेसम्म दुबै खेलाडी एकअर्कासँग प्रशिक्षणमा रमाइरहेका छन । तर प्रशिक्षणका बेलापनि बेन्जिमाले एम्बाप्पेसँग रियलको कुरा गर्न छोडेका छैनन् ।

यता रियलले एम्बाप्पेलाई फकाउनका लागि बेन्जिमा भन्दा राम्रो हतियार कोहि नहुने ठानेको छ । केहि दिन अगाडीमात्र बेन्जिमाले एम्बाप्पेलाई रियलमा स्वागत गर्न तयार रहेको बताएका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey