राेनाल्डाेमाथि लिस्बाेन काउन्सिलकाे अनुसन्धान

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१४
  • |
  • 369 पटक हेरिएको

सुपर स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोमाथि अनुसन्धान सुरु भएको छ । उनले लिस्बोनमा अनुमती विना नै अपार्टमेन्ट बनाउने काम सुरु गरेको भन्दै लिस्बोन सिटी काउन्सिलले अनुसन्धान सुरु गरेको हो ।

सुरुवातमा पास भएको योजनालाई अनुमती विना नै परिवर्तन गरेर बनाएपछि रोनाल्डोमाथि अनुसन्धान सुरु भएको हो । रोनाल्डका पार्टनर जोर्जिना रोद्रिगुइजले सोसियल मिडियामा भिडियो सार्वजनिक गरेपछि यो कुरा बाहिर आएको हो ।

अनुसन्धानकर्ताले उनले शहरको मापदण्ड अनुसार बनाएको छ कै छै भन्ने अध्ययन गर्नेछ । लिस्बोन काउन्सिसले २०२० को सुरुवातमा रोनाल्डोले बनाउन लागेको अपार्टमेन्टमा कुनै आपत्ती नभएको भन्दै पास गरेको थियो ।

लिस्बोनका मेयर फर्नान्डो मेदिनाले अनुमती विना नै काम गुर्न नियमविपरित भएको र यसले आर्किटेक्ट र छिमेकीलाई अनादर गरेको बताएका छन । रोनाल्डोले यो आपर्टमेन्ट सात दशमलव दुई मिलियन मा खरिद गरेका थिए ।

तर सो अपार्टमेन्टलाई रोनाल्डो र उनकी प्रमिकाले मोडिफाइ गर्न खोजेको बताइएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey