सन् २०२३ काे एकदिवसीय विश्वकपमा १४ टिमले भाग लिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१८
  • |
  • 503 पटक हेरिएको

सन् २०२३ मा हुने एकदिवसिय विश्वकपमा १४ टिमको सहभागिता हुने भएको छ । आइसीसीको बोर्ड बैठकले सन् २०२३ मा हुने विश्वकपमा १० टिमबाट बढाएर १४ टिमलाई सहभागि गराउने निर्णय गरेको छ ।

यसका साथै आइसीसीले विश्वकपमा १६ टिमको सहभागिताका बैठकमा छलफल भएपनि अन्तिममा १४ टिमलाई खेलाउने निर्णय गरेको हो ।

सन् २००३ देखि आइसीसीले विश्वकपमा १४ टिमले भाग लिदै आएका थिए । तर अब यो संख्या बढ्ने भएको छ । आइसीसीको बैठकमा विश्वकपमा टिमको संख्या बढाउने विषयमा एसोसियट टिमले बढि जोड दिएका थिए ।

आइसीसीले १० टिमविच विश्वकपको आयोजना गर्दा एसोसियट टिमले कमैमात्र भाग लिने मौका पाउने गरेका थिए । तर १६ टिम भएपनि एसोसियट टिमबाट पनि छनौट चरण पार गरेर सहभागि हुन पाउने संभावना बढेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey