सुजलले चोट बोकेपछि रविले पाए पोखराबाट एनएसएल खेल्ने मौका

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२७
  • |
  • 562 पटक हेरिएको

नेप्लेज,नेपाल सुपर लिगका लागि पोखरा थन्डर्समा अनुबन्ध भएका खेलाडी सुजल श्रेष्ठले चोट बोकेपछि उनको स्थानमा रवि शंकर पासवानले पोखरबाट खेल्ने भएका छन् ।

एनएसएलका लागि काठमाडौँमा गत महिना भएको अक्सनमा कोटा पुरा भएका कारण कुनै पनि टिमले रविले कुनै टिममा स्थान पाएका थिएनन् ।

चोटका कारण सुजलले एनएसएलबाट नाम फिर्ता लिएका छन् । अब पोखरा थन्डर्सबाट सुजलको भुमिकामा राष्ट्रिय फुटबल टिम तथा नेपाल पुलिस क्लबका खेलाडी रवि पासवानले खेल्नेछन् ।

रविले पोखराबाट सुरुवाती भाउ (ए श्रेणीको १ लाख) नै पाउने भएका छन् । सुजल कम्तिमा एक महिना आराम गर्नुपर्ने भएको छ । जसका कारण उनले नेपाल सुपर लिग खेल्न नसक्ने भएका हुन ।

गत महिना भएको अक्सनमा रवीलाई कुनै पनि टिमले आबद्ध गरेका थिएनन्। सुजल अक्सनमा सर्वाधिक २ लाख रुपैयाँमा पोखरामा आबद्ध भएका थिए। टिमबाट आबद्ध भएका सुजल अब व्यवस्थापकीय भूमीकामा रहने बताइएको छ।

एनएसएलमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र  धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन्।

आगामी वैशाख ११ देखि २५ गतेसम्म हुने प्रतियोगिताका खेल दशरथ रंगशालामा हुनेछन्। प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा संचालन हुनेछ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey