लिटल फ्लावर प्रिमियर लिग क्रिकेटले किशाेर खेलाडीमा ल्याएकाे उत्साह

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२६
  • |
  • 499 पटक हेरिएको

अन्य समयमा समेत तुलनात्मक रूपमा कम आयोजना हुने विद्यालय स्तरका क्रिकेट प्रतियोगिताहरू कोभिडले झन् प्रभावित बने । त्यसैलाई पुनः लयमा फर्काएर नयाँ गति दिन कैलालीको धनगढीमा यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग एलपीएल जारी छ ।

लामो समयको अन्तराल पछि स्कुल स्तरको राष्ट्रिय प्रतियोगिता खेल्दा किशोर खेलाडीलाई क्षमता देखाउने सुनौलो मौका मिलेको छ भने क्रिकेटमा रुची राख्नेका लागि पनि हौसला बढेको छ ।

विद्यालय स्तरको १९ बर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग एलपीएलको पाँचौँ संस्करण धनगढीमा जारी छ ।

कोभिडले प्रभावित बनेको नियमित अभ्याससँगै पछिल्लो समय प्रतियोगिताहरूमा न्यून सहभागिता जनाउन पाएका खेलाडीहरू एलपीएलले उत्साहित भएका छन् । १९ तथा १६ बर्समुनिको राष्ट्रिय क्रिकेट टिमका खेलाडीसँग अनुभव साट्न पाउँदा उनीहरू हर्षित भएका हुन् ।

प्रतियोगितामा काठ्माडौँ, दाङ, रुपन्देही, कञ्चनपुर, कैलालीलगायतका जिल्लाबाट गरी १६ विद्यालय सहभागी छन् । एलपीएल सञ्चालन भएपछि विद्यालय स्तरबाट सङ्घर्ष गरिरहेका खेलाडी त उत्साहित छन् नै उमेर समूहमारहेर क्रिकेटमा भविष्य खोज्दै गरेका खेलाडी पनि उतिकै खुसी छन् ।

राष्ट्रिय टिम र उमेर समूहका खेलाडीमा वर्चस्व राख्ने सुदूरपश्चिममा डीपीएल बाहेक कम उमेर समूहका खेलाडी समावेश हुन पाउने गरी राष्ट्रिय स्तरका प्रतियोगिता भने सीमितमात्रै आयोजना हुने गरेका छन् । तर क्रिकेटको जग विकासकालागि यस्ता प्रतियोगिताहरूले निरन्तरता पाउनुपर्नेमा खेलाडीको भनाई छ ।

अभ्यास तथा प्रशिक्षण अभाव सँगसँगै प्रतियोगिताहरूको सीमितताकै बाबजुद पनि सङ्घर्षरत केही राम्रा खेल प्रतिभाहरूलाई अभिभावकत्वको खाँचो आवश्यक रहन्छ । त्यस कारण नेपाली क्रिकेटको भविष्य चम्किलो बनाउने हो भने क्रिकेटको जगविकास अर्थात् ग्रास रुटको क्रिकेटमा यस्ता प्रयासहरू यत्रतत्र हुन अति जरुरी छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey