एभरेष्ट प्रिमियर लिग असाेज नाै गतेबाट हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१६
  • |
  • 244 पटक हेरिएको

एभरेष्ट प्रिमियर लिगको चौथो संस्करण आगामी असोजमा हुने भएको छ ।

एभरेष्ट प्रिमियर लिग प्रा ली को आयोजनामा हुने यो प्रतियोगिता असोज नौ गतेबाट २३ गतेसम्म हुने आयोजकले बताएका छन । कोरोना भाइरसका कारण दुई पटक मिती सरेको यो प्रतियोगिता अब आगामी असोजमा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागि टिमले यसअघि नै आफुलाई तयार पारेपनि कोभिडका कारण विथोलिएको थियो । यो प्रतियोगितामा विदेशबाट पनि स्टार क्रिकेटर आउने तयारी भइसकेपनि अन्तिम समयमा कोरोनाका कारण स्थगित गर्नुपरेको थियो ।

प्रतियोगिता स्थगित हुनुभन्दा अगाडी क्रिस गेल, ड्वायन स्मिथ, कोरे एन्डरसन, टिम डेभिस, जीवन मन्डिस आउने पक्कापक्की थियो ।

यो प्रतियोगिता आयोजक प्रमुख आमिर अख्तरले अझैपनि यी खेलाडी प्रतियोगिताका लागि आउने र अरुपनि स्टार विदेशी खेलाडी थपिने बताए ।

६ टिमको सहभागिता रहेको प्रतियोगिताको स्विकृतीका लागि एभरेष्ट प्रिमियर क्रिकेट प्रालीले नेपाल क्रिकेट संघकाे स्विकृती लिएकाे छ ।

क्यान नहुँदा आयोजकले सोझै आइसीसीसँग अनुमती लिनुपर्ने अवस्था थियो । तर क्यान आएपछि प्रतियोगिता आयोजकले त्यहाँबाट स्विकृती लिनुपर्ने हुन्छ ।

प्रतियोगितामा ललितपुर प्याट्रियट्स, पोखरा राइनोज, विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्सको सहभागिता रहेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey