मोर्गन कलेज एक्सपर्ट कलेज प्रिमियर लिगको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०१
  • |
  • 226 पटक हेरिएको

चैत्र १ । मोर्गन कलेज एक्सपर्ट कलेज प्रिमियर लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । विहिबार भएको खेलमा प्लाटिनम कलेजलाई २६ रनले हराउदै मोर्गनले सेमिफाइनलमा स्थान बनायो ।

टस जितेर पहिलो ब्याटिङ गरेको मोर्गन कलेजले निर्धारीत २० ओभरमा १ सय ४१ रन बनायो । उसका लागी नरेश बोहराले ३०, महेश चंन्दले २१ रन बनाए । बलिङतर्फ प्लाटिनम कलेजका ईशाद अक्तरले ४ विकेट लिए ।

जवाफमा प्लाटिनम कलेजले १९ ओभरमा १ सय १५ रनमा अलआउट भयो ।

उसका लागी सुदिप ठकुरीले अविजित १४ रन बनाए भने ईशाद अक्तर र रवि कुमार यादवले समान १०–१० रन जोडे । बलिङ तर्फ मोर्गन कलेजका दिपेन्द्र ऐरले ४ ओभर १७ रन ४ विकेट, नरेश बोहराले ३ ओभर २३ रन र २ विकेट लिएका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey