एपीएफ स्कुल कप फुटबल जारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०३
  • |
  • 529 पटक हेरिएको

काठमाडौ ३ फागुन ।  नेपाल एपीएफ स्कुल कीर्तिपुर काठमाडौंमा माघ २३ गतेबाट संचालित ‘पाँचौं नेपाल एपीएफ स्कुल कप आधारभूत तह आमन्त्रित फुटबल प्रतियोगिता २०७४’ अन्तर्गत विहिबार सम्पन्न खेलहरुमा लिटल एन्जल स्कुल, सेन्जेभियर्स स्कुल र पुष्पसदन आवासीय माध्यमिक विद्यालय विजयी भएका छन् ।

पहिलो खेलमा लिटल एन्जल स्कुलले ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुललाई ३ – १ गोल अन्तरले पराजित गरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने सेन्जेभियर्स स्कुलले ग्रिन लन्स एकेडेमीलाई ३ – १ को गोल अन्तरमा पराजित गरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

यसैगरी आजै सम्पन्न अर्को खेलमा पुष्पसदन आवासीय माध्यमिक विद्यालयले ग्रिन भिलेज सेकेण्डरी स्कुललाई ४ – ० को गोल अन्तरले पराजित गरेको छ ।

नेपाल एपीएफ स्कुलको आयोजनामा भइरहेको उक्त प्रतियोगितामा विभिन्न जिल्लाका विद्यालयहरु गरी कूल २० वटा टिमले सहभागिता जनाएका छन्. ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey