पिकेलाई ३ खेलसम्मकाे प्रतिबन्ध हुनसक्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२३
  • |
  • 172 पटक हेरिएको

माघ २३ । आइतबार राती ला लिगामा स्पान्योल बिरुद्ध गोल गरेपछि सेलिब्रेसनका क्रममा जेरार्ड पिकेको आक्रामक हाउभाउमाथि ला लिगाले निरीक्षण गरिरहेको छ।  उनीमाथि १ देखि ३ खेलसम्मको प्रतिबन्ध हुनसक्छ ।

खेलको अन्त्यतिर मेस्सीको पासमा बराबरी गोल फर्काएपछि पिकेले औलाको इशारामा सबैलाई चुप रहन भनेका थिए, जसले स्पान्योल समर्थकले आफू अपमानित भएको महशुस गरेको स्पेनिस पत्रिका मार्काले उल्लेख गरेको छ ।

ला लिगाले यस घटनाप्रति निन्दा त गरिसकेको छ नै, उसले कानूनी प्रक्रिया पनि सुरु गर्न सक्नेछ ।

स्पान्योलको आँखामा पिके एक विवादास्पद खेलाडी बनेका छन् । पिकेले केहि वर्षअघि पनि स्पान्योलको मैदान र समर्थकको अपमान गरेको आरोप लागेको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey