क्रिस्टलमाथि चेल्सीकाे फराकिलाे जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२९
  • |
  • 300 पटक हेरिएको

प्रिमियर लिगमा चेल्सीले क्रिस्टल प्यालेसमाथि चार एकको फराकिलो जित निकालेको छ ।

क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिकले दुई गोल गरे भने केइ हाभेर्टज र कुर्ट जोउमाले एक एक गोल गरे । खेलको आठौं मिनेटमा हुडसोन ओडेइको पासमा हाभेर्टजले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसको दुई मिनेटपछि नै चेल्सीले अन्तर दुई शुन्यमा पुर्यायो । यसपटक उसका लागि पुलिसिकले गोल गरे । उनले हाभेर्टजको पासको सदुपयोग गरेका थिए ।

त्यसपछि ३० औं मिनेटमा मासोन माउन्टको पासमा जोउमाले गोल गर्दै टिमलाई पहिलो हाफमा तीन शुन्यको अग्रता दिलाउन सफल भए ।

पहिलो हाफमा नै बलियो अग्रता बनाएको चेल्सीविरुद्ध ६३ औं मिनेटमा क्रिस्टलका बेनेटेकले गोल गर्दै अन्तर कम गरे । तर ७८ औं मिनेटमा फेरी पुलिसिकले ब्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे ।

त्यसपछि दुबै टिमबाट अरु गोल हुन सकेन र चेल्सीले सहज जित निकाल्यो । यो जितपछि चेल्सीले ३१ खेलमा ५४ अंक बनाउँदै लिगको चौथो स्थानमा पुगेको छ । उसले लिभरपुल भन्दा दुई अंकको अग्रता बनाएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey