आईपीएलमा चेन्नाईले दिल्लीलाई दियो १८९ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२८
  • |
  • 509 पटक हेरिएको

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा चेन्नाई सुपर किंग्सले १८९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो ।

चेन्नाईका लागि सुरेश रैनाले अर्धशतकीय पारि खेल्दै रन आउट बन्न पुगे ।

चेन्नाईका लागि ऋतुराज गायकवाड र फाप डु प्लेसिसले ओपनिङ गर्दा शुरुवात भने राम्रो रहेन । टिमको स्कोर सात रन रहँदा प्लेसिस खाता नै नखोली आउट हुन पुग्यो । सोही स्कोरमा गायकवाड पनि व्यक्तिगत पाँच रन बनाएर आउट भए ।

त्यसपछि चेन्नाईको पारि मोइन अली र सुरेश रैनाले सम्हालेका थिए । टिमको स्कोर ६० रन भएका बेला अली व्यक्तिगत ३६ रन बनाएर आउट भएका थिए । अलीले २४ बल फेस गर्दा चार चौका र दुई छक्का प्रहार गरे ।

अली पछि क्रिजमा आएका अम्बाती रायडू र रैनाले पारि सम्हाल्दै टिमको स्कोर १३.५ ओभरमा १२३ रन बनाएका थिए ।

रायडूले १६ बलमा २३ रन बनाउँदै आउट भएका थिए । आक्रामक पारि खेल्दै अर्धशतक पुरा गरेका शुरेश रैना रन आउट हुन पुगे । ५४ रनको पारि खेल्दा रैनाले ३६ बल फेस गरेका थिए । उनले चार छक्का प्रहार गर्दा तीन चौका प्रहार गरेका थिए ।

आजको खेलमा कप्तान महेन्द्र सिंह धोनी पनि फ्लप भए । उनी दुई बल फेस गरेपनि खाता खोल्न असफल रहेका थिए । रविन्द्र जडेजा र साम कुरानले चेन्नाईको स्कोर माथि पुर्‍याएका थिए । कुरान ३४ तथा जडेजा २६ रनमा नटआउट रहे । दिल्लीका अभेस खान र क्रिस वक्सले दुई दुई विकेट लिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey