म्यानचेस्टर सिटी लिड्ससँग पराजित, पछिल्ला पाँच खेलमा दोस्रो हार

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२८
  • |
  • 550 पटक हेरिएको

प्रिमियर लिगको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी लिड्स युनाइेटडसँग पराजित भएको छ । सिटीको पछिल्ला पाँच खेलमा दोस्रो हार हो ।
घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले लिड्ससँग दुई एक गोलले पराजित भयो । तर सिटीले १० खेलाडीमा झरेको लिड्सविरुद्ध धेरै अवसर खेर फाल्यो ।

पाहुना टिम लिड्सले खेलको ४२ औं मिनेटमा अग्रता लिन सफल भयो । उसका लागि स्टुवार्ट डालासले गोल गर्न सफल भए ।

एक गोलको अग्रता बनाएको लिड्स ४५ औं मिनेटमा १० खेलाडीमा झर्न पुग्यो । उसका लियाम कुपरले जिससलाई फल गरेपछि सोझै रातो कार्ड पाउँदै मैदानबाट बाहिरीए ।

पहिलो हाफमा एक गोलले पछि परेको सिटीले ७६ औं मिनेटमा खेल बराबरी गर्न सफल भयो । उसका फेरान टोरेसले गोल गर्दै खेलमा बराबरी गरे । तर त्यसपछि ८४ औं मिनेटमा लिड्सका राफिन्हाले वन भर्सेस वनको अवस्थामा उत्कृष्ट मौका खेर फाले । त्यसपछि ८८ औं मिनेटमा सिटीका बर्नान्डो सिल्भाले प्रहार गरेको बलपनि फ्रेममा रहन सकेन ।

खेलको इन्जुरी समयमा लिड्सले फेरी अग्रता बनायो । उसका लागि डालासले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई दुई एकले अगाडी राखे ।
सिटीले पुरै खेलमा ३० वटा पोष्ट चार्ज गरेको थियो । तर नतिजा भने गुमाउन पुग्यो ।

यो हारपछि सिटीको ३२ खेलमा ७४ अंक भएको छ । अझै दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा १४ अंकले अगाडी रहेको छ । लिड्सको ३१ खेलमा ४५ अंक भएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey