नेपाली क्रिकेट टिमको तयारी सुरु, मलेसिया र नेदरल्याण्ड्स चैत अन्तिममा काठमाडाैं आइपुग्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२५
  • |
  • 973 पटक हेरिएको

नेपालमा आयोजना हुने थ्री नेशन्स टी २० क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमले आजबाट औपचारिक रुपमा प्रशिक्षण सुरु गरेको छ । मुलपानी क्रिकेट मैदानमा नेपाल क्रिकेट संघले क्याम्पमा बोलाएका खेलाडीले तयारी सुरु गरेका हुन ।

कोभिडका कारण करिव एक बर्षपछि अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न लागेको नेपालले मलेसिया र नेदरल्याण्ड्ससँग बैशाख चार गतेबाट प्रतियोगिता खेल्नेछ । जसका लागि मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले खेलाडीलाई प्रशिक्षण दिन सुरु गरेका हुन ।

आइसीसी विश्व क्रिकेट लिग टु अन्तर्गत ओमान, नेपाल र अमेरीका विचको सिरिज कोरोनाका कारण स्थगित भएपछि क्यानले मलेसिया र नेदरल्याण्ड्सलाई नेपाल बोलाएर सिरिज गर्न लागेको हो ।

प्रतियोगिता आउन १० दिन बाँकी रहेका बेला क्यानले औपचारिक रुपमा प्रशिक्षण सुरु गरेको छ । प्रतियोगिताका लागि मलेसिया चैतको अन्तिम साता नेपाल पुग्नेछ । हाल प्रशिक्षणमा रहेका २० खेलाडीविच अभ्यास खेल र नेट सेसनपछि अन्तिम १४ खेलाडीको टुंगो लाग्नेछ ।

यो प्रतियोगिताका लागि मलेसिया र नेदरल्याण्ड्सले भने टिमको घोषणा गरिसकेको छ । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक भएपछि डेभ ह्वाटमोरका लागि यो प्रतियोगिता पहिलो हुनेछ । डबल लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टिमले फाइनल खेल्नेछन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey