हाजार्ड फेरी चाेटग्रस्त, एटलान्टासँग खेल्ने सम्भावना न्यून

  • Image नेप्लेज
  • २१ फाल्गुण २०७७, शुक्रवार
  • 263 पटक हेरिएको
हाजार्ड फेरी चाेटग्रस्त, एटलान्टासँग खेल्ने सम्भावना न्यून

चेल्सीबाट ठूलो आशाका साथ स्पेनीस क्लव रियाल मड्रिडमा अनुबन्ध भएका इडेन हाजार्डका लागि त्यसपछिको समय निकै खराव रहेको छ ।

रियालमा गएको पहिलो सिजनमा चोटका कारण खासै खेल्न नसकेका हाजार्डले यो सिजनमा पनि धेरै समय मैदान बाहिर नै बस्नुपरेको छ । उनलाई चोटका कारण धेरै समय मैदान बाहिर बस्नुपरेको हो ।

पछिल्लो पटक चोटमुक्त भएर मैदानमा फर्किने तयारीमा रहेका हाजार्डलाई फेरी चोटले सताएको छ । करिव चार देखि ६ साता मैदान बाहिर बसेर फेरी फर्किने तयारीमा रहेका हाजार्डको पुरानो चोटमा फेरी दुख्न थालेको भनिएको छ । जसका कारण उनले प्रशिक्षणमा सहभागि भएका छैनन् ।

उनको यसअघि लागेको मांशपेशीको चोटमा फेरी दुख्न थालेको र उनलाई आराम दिएको रियालले जनाएको छ । उनी एटलान्टाविरुद्धको दोस्रो लेगको खेल खेल्न नसक्ने बताइएको छ ।

रियालका प्रशिक्षक जिनेदिन जिदानले हाजार्ड सतप्रतिशत फिट नहुँदासम्म उनलाई टिममा नराख्ने बताएका छन । एटलान्टाविरुद्धको खेल अगाडी उनको फिटनेस पुर्ण रुपमा पास भएमा उनलाई टिममा राखिने बताइएको छ ।

सम्बन्धित खबर