बार्सिलाेनाकाे अध्यक्ष भए दुई स्टार खेलाडी अनुबन्ध गर्छु-टाेनी

  • Image नेप्लेज
  • १४ फाल्गुण २०७७, शुक्रवार
  • 339 पटक हेरिएको
बार्सिलाेनाकाे अध्यक्ष भए दुई स्टार खेलाडी अनुबन्ध गर्छु-टाेनी

बार्सिलोनाको अध्यक्षका प्रतिस्पर्धी मध्येका एक टोनी फ्रेइजाले आफु त्यो पदमा विजयी भएमा दुई जना सुपर स्टार फुटबलरलाई अनुबन्ध गर्ने बताएका छन । उनले अध्यक्षमा निर्वाचित भएपछि बलुन डी योर जित्नसक्ने दुई स्टार फुटबलरलाई ल्याउने बताए ।

अघिल्लो सातामात्र उनले अध्यक्षमा निर्वाचित भएमा बार्सिलोना कर्पोरेटको ४९ प्रतिशत फन्ड दुई सय ५० मिलियन यूरोमा विक्रि गर्ने सहमति भएको बताएका थिए ।

तर अहिले उनले डिफेन्स र स्ट्राइकरमा खेल्ने दुई जना खेलाडीलाई ल्याउने पनि बताएका हुन । तर उनले तीन दुई खेलाडीको नाम भने बोल्न चाहेनन् । तर पनि ती खेलाडीले बार्सिलोनाको जर्सी लगाएपछि बलुन डी योरको अवार्ड जित्नसक्ने बताए ।

बार्सिलोनाको अध्यक्षको निर्वाचन मार्च सात तारिखमा हुनेछ । जसमा फ्रेजियासँगै जोन लापोर्टा र भिक्टोर फोन्ट निर्वाचनको प्रतिस्पर्धामा छन ।
उनले बार्सिलोनाको अध्यक्षमा निर्वाचन हुने संभावनाका विषयमा प्रश्न गर्दा धेरै संभावना रहेको बताएका छन ।

सम्बन्धित खबर