प्याब्सन मेट्रो भलिबल बिहीबारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०८-०९
  • |
  • 132 पटक हेरिएको

प्याब्सन काठमाडौं महानगरको आयोजनामा प्याब्स मेट्रो जिल्लास्तरीय अन्तरविद्यालय भलिबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ब्वाइजतर्फ १७ र गल्र्समा १४ टिमको सहभागिता रहने आयोजकका अध्यक्ष गगनसिंह ऐरले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । उनले राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

बालुवाटारस्थित न्युटन हाइ स्कुलमा हुने प्रतियोगिताको विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर र डिफेन्सलाई ट्रफी प्रदान गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख ४३ हजार ५ सय रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक एवं न्युटन हाइ स्कुलका प्रिन्सिपल रामबहादुर केसीले जानकारी दिए ।

आयोजकका सचिव आरसी भट्टले वार्षिक कार्यक्रमअन्तर्गत फुटसल प्रतियोगिता भइसकेको र भलिबलपछि मांसिर १५ गतेदेखि बास्केटबल प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको बताए । लिग कम नकआउट आधारमा हुने तीनदिने प्रतियोगिताका खेलहरु न्युटनमा खेलाइने छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal