लुम्बिनीलाई १५८ रनको लक्ष्य
-
नेप्लेज
- |
- २०८२-०८-०९
- |
- 204 पटक हेरिएको
काठमाडौँ। एनपिएलमा काठमान्डू गोर्खाजले लुम्बिनी लायोन्सलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमान्डूले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो। काठमान्डूको लागि कप्तान करण केसीले सर्वाधिक ३३ रन बनाए। उनले ११ बलमा ४ चौका र एक छक्का प्रहार गरे। ओपनर आकाश त्रिपाटीले ३२ रन बनाए। उनले ३३ बलमा ३ चौका प्रहार गरे। यस्तै, सन्तोष यादवले १३ बलमा २ छक्काको सहयोगमा २३ रन बनाएर आउट भए। गेर्हाट इरानेशले १५ बलमा २ चौका प्रहार गर्दै १७ रन बनाए। मिलेन्द्र कुमार १७ र रासिद खानले १४ रनको योग्दान गरे। काठमान्डूले १९औँ ओभरमा मात्रै ३१ रन जोड्न सफल भयो। उसका लागि करण केसीले ४ छक्का प्रहार गरे। यता, लुम्बिनीका लागि शेर मल्ल, कप्तान रोहितकुमार पौडेल, रुबेन ट्रम्पलन र गुलबदिन नाविले समन दुई विकेट हात पारे। यसअघिका तीन मध्य दुवै टोलीले समान एक जित दुई हार ब्यहोरेका छन्।