प्याब्सन मध्य क्षेत्रीय बास्केटबलमा लिग चरणका खेल जारी
-
नेप्लेज
- |
- २०८२-०८-०९
- |
- 138 पटक हेरिएको
प्याब्सन मध्य क्षेत्रीय समितिको आयोजनामा जारी १४ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताअन्तर्गत मंगलबार लिग चरणका १७ खेल सम्पन्न भए । त्यसमा सिनियर ब्वाइजका ९ तथा जुनियर ब्वाइज र सिनियर गल्र्सका समान ४–४ खेल भयो ।
सिनियर ब्वाइजमा सनसाइनले अल्बर्टलाई ५२–१४, एभरेष्ट फ्लोरिडाले लिभरपुललाई ३९–१२ र सनसाइनलाई ४२–२४, काठमाडौं जेभियर्सले इनोभेटिभलाई ५०–३९, लिभरपुलले सुप्रिमलाई १३–४, सेवा सदनले एसियन पब्लिकलाई २१–१७, मार्वलसले सेवा सदनलाई ४४–१७, चैतन्यले काठमाडौं इङलिस स्कुल (केइएस) लाई २७–१६ तथा इनोभेटिभले अक्षर एकेडेमीलाई ४३–२६ ले पराजित गरे ।
जुनियर ब्वाइजमा अक्षरले मार्वलसलाई १०–८, स्पाङगलले हेम्सलाई १६–६, अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) ले लिटिल फ्लावरलाई २०–११ र केइएसले इनोभेटिभलाई १६–५ ले हराए ।
सिनियर गल्र्समा एसियनले केइएसलाई ११–१०, श्रृजनशीलले स्पाङगललाई ७–५, काठमाडौं जेभियर्सले लिभरपुललाई २९–९ र इनोभेटिभले एभरेष्टलाई १७–४ ले पाखा लगाए ।