कोपामा कोलम्बियाको विजयी सुरुआत

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-०३-११
  • |
  • 572 पटक हेरिएको

कोपा अमेरिकामा कोलम्बिायाले विजयी सुरुआत गरेको छ । मंगलबार विहान सकिएको खेलमा समूह डीमा रहेको कोलम्बियाले पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा डेनियल मुनोज र जेफरसन लेर्माले एक एक गोल गर्दा पाराग्वेका लागि जुलियो इनसियोले एक गोल फर्काए ।

३२ औं मिनेटमा जेम्स रोड्रिगेजको पासमा डेनियल मुनोजले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

४२ औं मिनेटमा रोड्रिगेजकै पासमा जेफरसनले गोल गर्दै अग्रता दाब्बर बनाए । ६९ औं मिनेटमा पाराग्वेका लागि जुलियो इनसियोले रामोन सोसाको पासमा गोल गर्दै अन्तर कम गरे पनि हार टार्न पर्याप्त भएन ।

जितसँगै कोलम्बिाले समूह डीमा ३ अंक लिएको छ । अहिले ब्राजिल र कोष्टारिकाबीचको खेल भइरहेको छ । 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey