सन्दीप लामिछानेले भने 'घटना घटेको होइन घटाइएको हो'

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२५
  • |
  • 1067 पटक हेरिएको

क्रिकेटर सन्दीप लामिछाने सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएका छन् । बलात्कारको अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भएका सन्दीप फैसला पुनरावलोकनका लागि उच्च अदालत पाटन गए पनि सुनुवाइ अघि बढ्दा निराश भएका सन्दीपले सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन् ।

सामाजिक सञ्जालमा सन्दीपले दिएको अभिव्यक्ति जस्ताको तस्तै 

धेरै समय मौनतामा बसी रहेँ, आफूलाई अन्धकार मा राखी रहे अनि प्रतीक्षामा पल पल बाची रहे। मलाई थाहा छ कि जिल्ला अदालत ले गरेको फैसला मा गम्भीर त्रुटि छ, तर पनि धेरै चुप लागेर बसेँ। कानुनी व्यवसायी ले भन्नु हुन्छ तिमीलाई नगरेको अपराध को दोषी बनाइएको छ, न तथ्य ले न प्रमाण ले न अनुसन्धान को कुनै सारभूत निचोड ले पुस्टी गर्छ। तर मैले कति सहनु? म न्याय माग्दा माग्दा शिथिल भई सके। सामाजिक संस्था र सामाजिक सञ्जाल मा अनि झुट का न्याय का लागि लड्ने एक थरी गज्जब का आमा, दिदी हरू रहेछन् अनि केही प्रभाव पार्ने पत्र पत्रिका।

ती तथाकथित र भनौंदा सामाजिक अभियेंता हरूलाई मेरो यो खुल्ला चुनौती हो वहाँ हरूलाई मेरो र गौशाला २६ बिच जुनसुकै सम्बन्ध चाहे जबरजस्ती वा अनुचित प्रभाव बाट भएको, तथ्य र प्रमाण ले अझै साबित गर्नुहोस्, यदि म दोषी देखिन्छु भने मलाई फा सीमा चढाइयोस् मलाई ८ वर्ष ले पुग्दै पुग्दैन। तपाईँ हरूको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनियाँ ले बुझेको छ। म कानुन ले होइन अनुमान र एकतर्फी भनाइ ले दोषी भएको छु, त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईँहरूका लागि अनि सारा संसार को लागि गम्भीर दुर्घटना हुनेछ लेखी राख्नु भगवान् ले हेरिरहेका छन् व्यक्ति भन्दा माथि।

सन्दीपको अर्को पेसी अब जेठ १ गते

ती तथाकथित महिला सामाजिक अभियेंता भन्ने हरू यती स्वार्थी र अपराधी रहेछन् कि जो वास्तविक पीडित हरू हुन् तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको। धिक्कार छ ती तथाकथित अभियेंताहरु जसले एउटा खोल ओढेर अर्को व्यवसाय गर्छन्। मैले यति लेखिरहँदा अब केही ले मलाई पीडित को नाटकीय त्रूप फाल्यो भनेर लेख्लान्। तर झुटा आरोप जब लाग्छ नि अनि बल्ल सद्बुद्धि आउला। म सानै देखि धर्म मा विश्वास गर्ने व्यक्ति हु जो जो यो बनावटी अभियोग को अभियान मा खटिरहनु भएको छ, कानुन ले नहोला धर्मको अग्निपरीक्षा मा तपाईँहरूले आफ्नो कर्म को फल भोग्नु हुनेछ। यो किन भन्दै छु भने म यो घटना को निर्दोष पात्र हु र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईँहरूको पनि सहभागिता छ।

धेरै खोल्न बाँकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो। वास्तविक अनुहार आफै निस्केला म चाहिँ विश्वस्त छु।अन्तमा म निर्दोष छु र मेरो निर्दोषता मा विश्वास र सहानुभूति राख्नेहरू सँग म जीवन भर ऋणी रहने छु। फेरी पनि मेरो यो खुल्ला चुनौती हो ती तथाकथित अभियेंता हरूलाई, सक्नु हुन्छ भने प्रमाणित गर्नुहोस् मेरो र गौशाला २६ बिच जुनसुकै सम्बन्ध चाहे जबरजस्ती वा अनुचित प्रभाव बाट सम्बन्ध भएको होस्। यदि म दोषी देखिन्छु भने मलाई फासी होस् मेरो लागि ८ वर्ष ले पुग्दैन फासी नै सही हुनेछ। म त फसे, बोलेकै भरमा अब अरू कोही नफसोस्।बिन्ती छ।

सन्दीप लामिछाने

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey