पाँचदिन भित्र दशरथ रंगशालाको विवरण उपलब्ध गराउन खेलकुदमन्त्रीको निर्देशन

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२५
  • |
  • 588 पटक हेरिएको

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले पाँच दिन भित्र दशरथ रंगशालाको प्रगति विवरण उपलब्ध गराउन निर्देशन दिएका छन्।

त्रिपुरेश्वरस्थित रशरथ रंगशालाको मंगलबार निरिक्षण गर्दै मन्त्री श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा)लाई उक्त निर्देशन दिएका हुन्।

दशरथ रंगशालाको बिषयमा एसियाली फुटबल महासंघ (एएफसी)ले प्रश्न उठाएपछि अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा बढेको छ।

एफसीले प्रारम्भिक चरणमा मैदानको पिच, फ्लड लाइट र सुरक्षाको विषयमा प्रश्न उठाएको थियो।

‘एएफसीले रंगशालाको अवस्थालाई लिएर प्रश्न उठाउनु गम्भिर विषय हो। के कारणले यस्तो अवस्था आएको हो त्यसको उत्तर जिम्मेवार पक्षले दिनुपर्छ। अबको २८ दिनपछि खेल विश्वकप छनोटको खेल हुँदैछ। मलाई ५ दिन भित्रमा प्रगाति विवरण चाहिन्छ। त्यसका लागि जे(जे गर्नुपर्छ गर्नुहोस्,’मन्त्री श्रेष्ठले भने, ‘यदी घरेलु मैदानमा खेल हुन नसकेमा सम्बन्धित निकाय कार्वाहीको भागिदार हुनेछ।’

नेपालले फिफा विश्वकप २०२६ छनोट तथा एसियन कप छनोट अन्तर्गत युएईसँग जेठ २४ मा दशरथ रंगशालामा खेल्ने तालिका छ।

यसअघि पनि दशरथ रंगशाला खेल्न लायक नहुँदा नेपालले बहराइनविरुद्धको दुवै खेल बहराइमै खेलेको थियो। त्यसपछि राखेपले एन्फाबाट मैदान हेरचाहको जिम्मेवारी खोसेको थियो।

यसैगरी अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङले घरेलु मैदानमै खेल गराउने प्रयास भइरहेको बताए।

‘‘एएफसीले केही कुरा सुधार गर्नुपर्छ भनेर पत्र आएको छ। अहिले मैदानको अवस्थालाई सुधार्न तिव्र गतिमा काम भइरहेको छ। मन्त्री सदस्य सचि र एन्फा हामी तीनै पक्ष नेपालमा मै गेम गराउने प्रयासमा छौैं,’ अध्यक्ष नेम्वाङले भने।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey