म्याराडोनाको गोल्डेन बल अक्सनमा

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-०१-२६
  • |
  • 652 पटक हेरिएको

महान फुटबल डिएगो म्याराडोनाको गोल्डेन बल ट्रफी अक्सन (लिलामी)मा राखिने भएको छ । म्यारोडोनाले सन् १९८६ को विश्वकपमा उत्कृष्ट खेलाडीको रुपमा प्राप्त गरेको गोल्डेन बल ट्रफी लिलामीमा समावेश गरिएको छ ।  एगुएट्स अक्सनका अनुसार उक्त ट्रफीको लिलामी फ्रान्समा अर्को महिना हुने छ ।

अक्सनमा जान लागेको पहिलो गोल्डेन बल भएकाले यसको मूल्य तय भएको छैन । जुन ६ मा फ्रान्समा हुने अक्सनमा यसको मूल्य लाखौं पुग्ने अनुमान गरिएको छ ।  

म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले फाइनलमा पश्चिम जर्मनीलाई ३–२ ले हराएर १९८६ को विश्वकप जितेको थियो । गोल्डेन बल ट्रफी सन् १९८२ को विश्वकपबाट सुरु भएको थियो । म्याराडोनाको मृत्यु २५ नोभेम्बर २०२० मा भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey