मन्डिखाटार जुनियर ओपन टेनिसका फाइनल खेल बुधबार

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२५
  • |
  • 662 पटक हेरिएको

काठमाडौं । दोस्रो मन्डिखाटार जुनियर ओपन टेनिस प्रतियोगितामा यू-१२ पुरुषतर्फको उपाधि विश्व डल्लाकोटीले जितेका छन् ।

मन्डिखाटार टोनिस कोर्टमा आज भएको फाइनलमा आर्यास पौडेललाई ६-२ र ६-२ को स्कोरमा पराजित गर्दै उपाधि जितेका हुन् ।   

यसैगरी यू-१४ को उपाधि बृजेश अर्यालले हात पारे । उनले अशभ हाडालाई ६-४ र ६-३ को स्कोरमा पराजित गर्दै उपाधि जितेका हुन् ।

यस्तै, यू-१२ महिलातर्फ आयुसा जिसीले मेरिसा थापालाई ६-४ र ६-० को स्कोरमा पराजित गर्दै उपाधि हात पारिन् ।

त्यसैगरी यु-९ महिलातर्फ रेजिशा जोशी र निरा घलेले उपाधि भिडन्त गर्ने भएका छन् ।

आज भएको सेमिफाइनलमा रेजिशाले निमिति कुँवरलाई ४-२ र ४-० को स्कोरमा पारजित गर्दा निराले तभिसी राणालाई ४-१ र ४-२ को स्कोरमा पछि पार्र्दै फाइनलमा स्थान पक्का गरिन् ।

यस्तै, यू १४ महिलातर्फको उपाधिका लागि शिभाली गुरुङ र स्वस्तिका विष्ट आमने सामने हुने छन् । शिभालीले साल्भी शेरचनलाई ६-० र ६-० को स्कोरमा पराजित गर्दा स्वस्तिकाले क्रमिस्था श्रेष्ठलाई ६-२ र ६-१ को स्कोरमा पछि पारिन् ।

त्यस्तै यू-९ पुरुषमा भीरल अग्रवाल र आहान केडियाले उपाधिका लागि खेल्ने छन् । भिरलले कायान चालिसेलाई पराजित गर्दा आहानले सहान्स बस्नेतलाई पराजित गरेका थिए ।

यस्तै, यू-१६ महिलातर्फको उपाधिका लागि स्वस्तिका विष्ट र शिभाली गुरुङले खेल्ने छन् । 

यू-१० महिलातर्फ सारा पन्त र निरा घलेले उपाधि भिडन्त गर्ने पक्का भएको छ ।

त्यसैगरी खुला पुरुष डबल्समा उपाधिका लागि अशभ हाडा र बृजेश अर्याल तथा सास्वत बज्राचार्य र दरसिल श्रष्ठले उपाधि भिडन्त गर्ने छन् ।

आज भएको सेमिफाइनलमा अशभ र बृजेशको जोडीले आयुस्मान र बोरिस अधिकारीको जोडीलाई ६-४, १-६ र १०-५ को स्कोरमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरे ।

यसैगरी सास्वत र दरसिलको जोडीले अदृत नेपाल र एड्रिन थापाको जोडीलार्य ६-२ र ६-३ को स्कोरमा पछि पार्दै फाइनलमा स्थान पक्का गरेको थियो । 

त्यसैगरी यू-१० पुरुषको उपाधिका लागि आर्यस पौडेल र निश्चल ज्ञवालीले फाइनल खेल्ने छन् । फाइनल खेल बुधबार हुने छन् ।  

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey