सानेपामाथि रानीबनको जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२४
  • |
  • 323 पटक हेरिएको

काठमाडौँ । शहिद स्मारक सी डिभिजन लिगमा सानेपा क्लबलाई हराउँदै रानीबन स्पोर्टस क्लबले जारी लिगमा पहिलो जित हासिल गरेको छ। 

एन्फा मुख्यालय सातदोबाटोमा सोमबार सम्पन्न खेलमा सानेपामाथि रानीबन १-० ले विजयी भयो। 

सानेपाको जितमा बिष्णु चौधरीले खेलको ७५औँ मिनेटम पेनाल्टीमार्फत गरेको गोल निर्णयक बन्यो। 

जितसँगै जारी सिजन पहिलो जित हासिल गर्दै ३ अंक जोडेको छ। यता, पराजित सानेपा भने चौथो स्थामनमा उक्लन मौका गुमाएको छ। 

६ खेल खेलेको रानीबनको ६ अंक रहेको छ।

यस्तै सोमबार नै भएको अर्को खेलमा खालीबारी युवा क्लबले पुल्चोक स्पोर्टस क्लबविरुद्ध १(० को जित निकालेको थियो।

खालीबारीलाई जित दिलाउन मार्बल सुनुवारले गरेको एक मात्र गोल निर्णायक बन्यो। जितसँगै ६ खेलमा ८ अंक जोडेको खालीबारी सातौं स्थानमा उक्लिएको छ। पराजित पुल्चोक समान खेलबाट १२ अंकका साथ तेस्रो स्थानमा छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey