अल हिलाल एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१२
  • |
  • 1399 पटक हेरिएको

काठमाडौँ । साउदी क्लब अल हिलाल एएफसी च्याम्पियन्स लिगको सेमिफाइनलबाटै बाहिरिएको छ।

किङ्डम एरेनामा मंगलबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा अल ऐनलाई २-१ गोल अन्तरले पराजित हुँदै हिलाल अन्तिम चारबाटै बाहिरिएको हो।

अल ऐनलाई उपाधिनजिक पुर्‍याउन पहिलो लेगमा हासिल गरेको नतिजा नै प्रयाप्त बन्यो। पहिलो लेगमा ऐनले हिलाललाई ४-२ गोल अन्तरले पराजित गरेको थियो।

समग्रमा उपाधिनजिक पुगेको अल ऐनले हिलालाई ५-४ गोल अन्तरले पाखा लगायो। खेलको चौथो मिनेटमा रुबेन नेभ्सले गोल गर्दै हिलाललाई अग्रता दिलाएका थिए।

तर, १२औँ मिनेटमा एरिक जोर्गेन्सले याहिया नादरको पासमा गोल गर्दै अल ऐनलाई खेलमा फर्काए। ५१औँ मिनेटमा सलेम अल दवासारीले गोल गर्दै हिलालाई २-१ ले जिताएपनि त्यो फाइनल पुग्न प्रयाप्त बनेन।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey