सन्दीपको अर्को पेसी अब जेठ १ गते

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२३
  • |
  • 593 पटक हेरिएको

क्रिकेटर सन्दीप लामिछानेको अर्को पेसी अब जेठ १ गते हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पुगेका सन्दीपको पेसी भने लगातार सर्दै आएको छ ।

आज आइतबार न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको थियो ।

प्राथमिकताका आधारमा पहिलो नम्बरमै रहेकाले निरन्तर सुनुवाई भएर चाँडै टुंगोमा पुग्ने धेरैले अपेक्षा गरेका थिए । 

तर, बहस सुरुहुन लाग्दा न्यायाधीश नृपध्वजले आफूले यस अघि झगडिया झिकाउने आदेश गरेकाले हेर्न नमिल्ने सूचीमा धकेलिदए ।

त्यसपछि उनको अर्को पेसीको मिति जेठ १ गतेलाई तय गरिएको उच्च अदालत पाटनले जनाएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey