'फुटबल हब' बन्दै शिवसताक्षी

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२३
  • |
  • 388 पटक हेरिएको

घनेन्द्र कार्की 

झापाको शिवसताक्षी नगरपालिका जहाँबाट धेरै राष्ट्रिय स्तरका खेलाडी जन्मिएका छन् । नेपाली उमेर समूह साथै सिनियर टोलीमा पनि बिस्तारै शिवसताक्षीका खेलाडी अटाउँदै छन् ।

नेपाली राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य साथै अनुभवी डिफेन्डर अनन्त तामाङ शिवसताक्षीले अहिले सम्म पाएको सबैभन्दा उत्कृष्ट खेलाडी हुन । त्यस्तै केही समय अगाडि भएको विश्वकप छनौटमा बहराइन विरुद्ध नेपाली सिनियर टोलीबाट डेब्यू गरेका सौभाग्य राई (संजित) पनि उदाउँदा शिवसताक्षीका प्रतिभावान् युवा खेलाडी हुन् ।

त्यस्तै नेपालको राष्ट्रिय युवा टोली र नेपालीको प्रतिष्ठित लिग ए, बि, सी खेल्ने धेरै खेलाडी शिवसताक्षीले जन्माएको छ । हालै एन्फाले आयोजना गरेको यु१३ खेलाडी छनौटमा जिल्ला, प्रदेश र केन्द्रीय स्तरमा छनौट भई शिवसताक्षी नगरपालिकाबाट दुई जना युवा खेलाडी क्रमशः आयुष भट्टराई  र लुप्लिहाङ लिङ्देन एन्फा एकेडेमीमा छनौट भएका छन् । उनीहरूलाई प्रशिक्षण सहित शिक्षाको प्रबन्ध हुनेछ । एन्फाले ग्रामीण र स्थानीय स्तरबाट युवा प्रतिभा पहिचान गरी राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ छनौट प्रतियोगिता सञ्चालन गरेको हो । देशैभरका हजारौँ प्रतिस्पर्धाबाट सर्वोकृष्ट भई हाम्रो नगरबाट २ जना एन्फा एकेडेमीमा पर्नु गौरवको विषय भएको नगर खेलकुद समिति, शिवसताक्षी नगरपालिकाका अध्यक्ष सुरज रिङ्गालुङ राईले बताउनुभयो । सन् २०२१ मा भएको छनौटमा पनि शिवसताक्षी नगरपालिका-७ का ईश्वर कार्की केन्द्रीय स्तरमा छनौट भई हाल  एपीएफ फुटबल क्लबको एकेडेमीमा आबद्ध छन् ।

हालै भएको यु१३ छनौटको पहिलो चरणको छनौट (जिल्ला स्तरीय) मा शिवसताक्षीबाट ७५ जना खेलाडीहरू सहभागी भएका थिए । त्यसमध्येबाट दोस्रो चरण अर्थात् प्रदेश स्तरीय छनौटका लागि ११ जना खेलाडी छनौट भएका थिए । जिल्ला स्तरीय छनौट र प्रदेश स्तरीय छनौटको लागि नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ राईले जाने आउने बसको व्यवस्थापन साथै खाजाको व्यवस्था गर्नुभएको थियो ।

त्यस्तै अन्तिम छनौट अर्थात् केन्द्रीय स्तरको छनौटमा ५ जना खेलाडी छनौट भएका थिए । त्यसका लागि आवश्यक यातायात खर्चको व्यवस्था गर्ने शिवसताक्षी नगरपालिकाले प्रतिबद्धता जनाएको थियो । शिवसताक्षी नगरपालिकाले युवा खेलाडीको हौसलाको लागि धेरै राम्रो राम्रो काम गर्दै आएको छ  ।

शिवसताक्षी नगरपालिकाले सन् २०२१ मा छनौट भई एपीएफ फुटबल एकेडेमीमा आबद्ध भएका युवा खेलाडी ईश्वर कार्कीलाई पूर्ण छात्रवृत्तिमा नेपाल एपीएफ स्कुलमा पढाउँदै आएको छ ।

पछिल्लो समय शिवसताक्षीमा फुटबलको माहाेल धेरै राम्रो हुँदै छ। यहाँ देशको जर्सी लगाएर आफ्नो ठाउँलाई चिनाउने सपना बोकेका युवा प्रतिभा धेरै छन् । यसको एक उदाहरण हो, हालै सम्पन्न यु१३ छनौटमा शिवसताक्षी नगरबाट ७५ जना युवा खेलाडी जिल्ला स्तरीय छनौटमा सहभागी हुनु । शिवसताक्षीमा युवा प्रतिभा धेरै भएकाले यस नगरका युवा खेलाडीमा लगानी साथै अभ्यासको राम्रो व्यवस्था गर्न सके धेरै राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने यहाँका खेलकुद प्रेमीहरू बताउने गर्छन् ।

उनी भन्छन्, "यहाँ क्षमतावान् खेलाडी धेरै छन्, शिवसताक्षी नगरपालिकाले प्रत्येक वडासँग सहकार्य गरेर अभ्यासको माहौल सिर्जना गर्न सके अझ धेरै युवाले आफ्नो क्षमता प्रस्फुटन गर्न पाउँछन् । हामीसँग प्रत्येक वडामा स्तरीय खेलमैदान छन्, अब वडाले प्रशिक्षक र खेल सामाग्रीको व्यवस्था गरेर प्रशिक्षण दिन सके अझ धेरै खेलाडी एन्फा एकेडेमी हुँदै राष्ट्रिय टिमसम्म पुग्नेछन्।"

 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey