राजिप र युनिशालाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२३
  • |
  • 310 पटक हेरिएको

राजिप महर्जन र युनिशा महर्जनले प्रथम अन्तर २० वडा कप टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन्। खुला सिंगल्सको पुरुषमा राजिप र महिलामा युनिशा पहिलो भएका हुन्।

पुरुषमा सांज्ञा वज्राचार्य दोश्रो तथा एरिश शाक्य र सञ्जय शाक्य तेश्रो भए। महिलामा गार्भी महर्जनले रजत तथा प्रमिला जोशी र मन्दिरा शाक्यले कांस्य जिते।

ललितपुर महानगरपालिका वडा नं. २० द्वारा आयोजित प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा एरिश शाक्य पहिलो, संस्कार श्रेष्ठ दोश्रो तथा शर्मन शाक्य र प्रहृत शर्मा तेश्रो बने। पुरुष १६ देखि ४० वर्षमा सञ्जय शाक्यले स्वर्ण, रेमन महर्जनले रजत तथा अजय जोशी र रमन महर्जनले कांस्य हात पारे।

भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा राजिप महर्जन प्रथम, सांज्ञा वज्राचार्य द्वितीय तथा रोशनकुमार शाक्य र राकेशभक्त मुल्मी तृतीय भए। कर्मचारी र जनप्रतिनिधि सम्मिलित मिश्रित सिंगल्समा शैलेन्द्र शाक्य पहिलो, चन्द्रलाल महर्जन दोश्रो तथा अमर डंगोल महर्जन र मंगलदेवी महर्जन तेश्रो भए। पुरुष डबल्समा अशोक श्रेष्ठ÷सांज्ञाको जोडी पहिलो, प्रमोद श्रेष्ठ÷धनबहादुर  महर्जनको जोडी दोश्रो तथा शर्मन शाक्य÷रमन महर्जन तथा अमर डंगोल महर्जन÷रोशनकुमार शाक्यको जोडी तेश्रो स्थानमा रहे।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey