संकटमा नेपाल, अर्धशतक बनाएका सन्दीप आउट

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०७
  • |
  • 226 पटक हेरिएको

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईविरुद्ध ब्याटिङ गरिरहेको छ।

अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा जारी खेलमा सन्दीप जोरा अर्धशतक बनाएर पेभिलियन फर्किएका छन्।

उनी १५औँ ओभरको चौथो बलमा यूएईका कप्तान मोहम्मद वासिमबाट क्याच आउट भएका हुन्। मोहम्मद फारुखको बलमा आउट हुनुअघि उनले ४० बलमा ४ चौका र २ छक्का प्रहार गरे।

त्यसअघि नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भएका थिए। अर्का ओपनर आशिफ खेख ८, कप्तान रोहितकुमार पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५, सोमपाल कामी २ रन बनाएर पेभिलियन फर्किए।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey