अग्रता जोगाउन नसक्दा खालीबारी रोकियो
- नेप्लेज
- |
- २०८१-०१-०५
- |
- 183 पटक हेरिएको
काठमाडौँ । सुरुआती अग्रता जोगाउन नसक्दा जारी शहिद स्मारक सी डिभिजन लिगमा खालीबारी युथ फुटबल क्लब बराबरीमा रोकिएको छ।
बुधबार सम्पन्न खेलमा खालीबारी समाज कल्याण खेलकुद केन्द्र क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
खेलको २२औँ मिनेटमा रोनल राइको गोलबाट सुरुआती अग्रता बनाएको खालीबारीले उक्त अग्रता अन्तिम समयसम्म जोगाउन सकेन।
६३औँ मिनेटमा समाज कल्याण्डको लागि निरज परियारले गोल गर्दै खेल १-१ को बराबरी अबस्थामा ल्याए।
त्यसपछि बाँकी समय थप गोल नहुँदा खालीबारीले अंक बाँडो।
योसँगै जारी सिजन ३ खेलमा एक जित र दुई बराबरी खेलेको समाज कल्याण्डको ५ अंक पुगेको छ। यता, समान खेलबाट एक हार र दुई बराबरी खेलेको खालीबारीको २ अंक रहेको छ।