पलेशा सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१८
  • |
  • 1254 पटक हेरिएको

काठमाडौं । किंग्स लाउन्ज काठमाण्डौले पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ ।

किंग्स लाउन्ज काठमाण्डौका अध्यक्ष रामचन्द्र श्रेष्ठ र सिईओ तथा लाउन्जका डाईरेक्टर कुमार गुरुङ्गले पारा तेक्वान्दो खेलाडी पलेशा गोर्वधन र उनका प्रशिक्षक कविराज नेगी लामालाई सम्मान पत्रद्धारा सम्मान गरेको छन् ।

चीनको ताइयानमा गत चैत ४ गते आयोजना भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पलेशा गोर्वधनले पेरिस २०२४ पारालिम्पिकका लागि छनोट भएकी थिइन् । पलेसा छनोट चरण पार गरेर पारालिम्पिक खेल्न लागेकी पहिलो नेपाली खेलाडी हुन् । गत असोजमा चीनको हाङचाओमा सम्पन्न चौथो एसियाली पारा खेलकुदमा पनि पलेशाले ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । सन् २०२१ मा बहराईनमा सम्पन्न भएको युथ एशियन गेम्समा पलेशाले एतिहासिक स्वर्ण पदक र सन् २०१८ मा भेतनाममा सम्पन्न भएको एशियन पारा तेक्वान्दो च्याम्पियनशिपमा कास्य पदक जितेका थिए ।

यसअघि सन् २०२० मा भएको टोकियो पारालिम्पिकमा पलेशाले दुई खेल जितेकी थिइन् । ओलम्पिकमा दुई खेल जित्ने उनी पहिलो नेपाली खेलाडी पनि हुन् । 

कविराजले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । जसमा तीन स्वर्ण, दुई रजत र पाँच कांस्य छन् । नेगीले पलेशालाई सन् २०१६ देखि प्रशिक्षण गराई आईरहेका छन् । 

किंग्स लाउन्ज काठमाण्डौले विगत लामोसमय देखि विभिन्न खेल क्षेत्रका खेलाडीहरुलाई सहयोग गर्दै आईरहेको छ । किंग्स लाउन्ज काठमाण्डौका सम्पुर्ण परिवारले पलेशा गोर्वधनलाई आगामी प्रान्समा हुने पेरिस २०२४ पाराओलम्पिक खेलको लागि शुभकामना व्यक्त गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey