गोदावरी मेयर कपमा कीर्तिपुरको सान्दार जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१८
  • |
  • 389 पटक हेरिएको

ललितपुर । कीर्तिपुर नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रबेश गरेको छ।  

गोदावरी नगरपालिकाको वडा नं १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा मंगलबार सम्पन्न एक मात्र खेलमा तारकेश्वर नगरपालिकालाई ५–० गोल अन्तरले हराउँदै कीर्तिपुरले अन्तिम आठमा स्थान बनाएको हो। 

कीर्तिपुरका लागि यमन मर्हजनले ह्याट्रिक गरे भने थप २ गोल इन्द्र बहादुर बस्नेतको नाममा रह्यो। 

यमनले खेलको ९औँ, २५औँ र ४६औँ मिनेटमा गोल गर्दा इन्द्रले ५६औँ मिनेट र ७०औँ मिनेटमा गोल गरे। ह्याट्रिक गरेका कीर्तिपुरका यमन मर्हजन खेलको म्यान अफ दि म्याच भए। उनलाई तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि मर्हजनले ट्रफि र ५ हजार नगदको चेक  हस्तान्तरण गरे। 

जितसँगै सेमिफाइनल प्रवेशका लागि कीर्तिपुरले मध्यपुर थिमि नगरपालिकासँग बैशाख २२ गते दिउँसो ३ बजे प्रतिस्पर्धा गर्ने भएको छ। मध्यपुर थिमि सोमबार टोखा नगरपालिकालाई हराएर क्बार्टरफाइनलमा पुगेको हो। 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey