करणले लिए साउदीको २ विकेट

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०५
  • |
  • 232 पटक हेरिएको

काठमाडौँ। साविक विजेता नेपालले एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा साउदीकाे २ विकेट लिएकाे छ।

नेपालका लागि दुबै विकेट करण केसीले लिएका हुन्। 

त्यसअघि अल अमेरत क्रिकेट ग्राउन्ड  (मिनिस्ट्री टर्फ २) ओमानमा कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

बलिङ गरिरहेको नेपालले पहिलो ओभरमै विकेट लिएको छ। तीव्रगतिका बलर करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका हुन्।

करणले आफ्नो ओभरको दोस्रो बलमै ओपनर फैसल खानलाई कुशल मल्लबाट क्याच आउट गराएका थिए। खानले २ बलमा १ छक्का प्रहार गरे।

त्यस्तै साउदी अरेबियाका तेस्रो नम्बरका ब्याट्सम्यान अब्दुल वाहिदलाई ११ रनको ब्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका हुन् । २.१ ओभरमा अब्दुल वाहिद आउट हुँदा साउदी अरेबियाले २० रन बनाएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey