आर्मी र गण्डकी राष्ट्रिय महिला हक्कीको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१७
  • |
  • 592 पटक हेरिएको

धुलिखेल । विभागीय टोली आर्मी क्लब र गण्डकी प्रदेश  छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार फाइनलमा  प्रवेश गरेका छन् ।

धुलिखेलमा भएको पहिलो सेमिफाइनलमा आर्मीले मधेस प्रदेशलाई ६-० गोल अन्तरले पराजित गर्‍यो ।

आर्मीलाई जित दिलाउन सरस्वती तामाङले ह्याट्रिक गरिन् । त्यस्तै डम्मरा भट्टले दुई गोल गर्दा सिमा खड्काले एक गोल गरिन ।

डम्मराले खेलको पाँचौ मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाइन । खेलको १०औं मिनेटमा डम्मराले नै ब्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले अग्रता दोब्बर बनायो ।

आर्मीका लागि २२औं मिनेटमा सिमाले गोल गर्दै टिमलाई ३-० गोलको अग्रता दिलाइन । खेलको २३औं मिनेटमा सरस्वतीले आर्मीका लागि चौथो गोल गरिन ।

३९ औं मिनेटमा सरस्वतीले ब्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले ५-० गोलको अग्रता बनायो । खेलको ५७औं मिनेटमा सरस्वतीले गोल गर्दै आर्मीले ६-० गोलको जित निकाल्यो ।

आर्मीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी निर्मला पाण्डे प्लेअर अफ द म्याच चुनिन । आर्मीले अब फाइनलमा गण्डकी प्रदेशको सामना गर्नेछ ।

आज नै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई पेनाल्टी स्टोकमा २-० गोल अन्तरले हराउँदै गण्डकी प्रदेशले फाइनलमा स्थान बनाएको छ ।

निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी स्टोकमा गएको हो । जसमा गण्डकीले बाजि मार्न सफल भयो ।

गण्डकीका लागि ज्योति काफ्ले र मेलिना गौचनले गोल गर्दा सीता माया बल र शिल्पा डंगौराले गोल गर्न सकेनन् ।

यता सुदूरपश्चिमका चारै जना खेलाडीले गोल गर्न सकेनन् । सुदूरपश्चिमका सन्जु चौधरी, पुर्णिमा नेगि, आशिका एसके र जमुना भट्टराईले गोल गर्न सकिनन ।

त्यसअघि खेलमा खेलको १५औं मिनेटमा सीता मायाले गोल गर्दै  गण्डकीलाई अग्रता दिलाएकी थिइन् । खेलको २४औं मिनेटमा सुदूरपश्चिमका लागि नमिता एसकेले बराबरी गोल फर्काइन । गण्डकीका लागि खेलको २७औं मिनेटमा गिता पुन मगरले गोल गोल गर्दै टिमलाई २-१ गोलको अग्रता दिलाइन । ३१औं मिनेटमा गण्डकीकि सीता मायाले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-१ गोलको अग्रता दिलाइन ।

त्यसपछि सुदूरपश्चिमले लगातार दुई गोल गर्न सफल भयो । ४१औं मिनेटमा पुर्णिमा उराउले गोल गर्दै टिमलाई ३-२ गोलको अबस्थामा ल्याइन ५०औं मिनेटमा पुर्णिमाले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई बराबरीमा ल्यएकी थिइन् ।

खेकको प्लेअर अफ दि म्याच सुदूरपश्चिमकि आसिका चुनिन । गण्डकीले अब उपाधिका लागि आर्मी क्लबसँग खेल्नेछ ।

दुई टोलीबीचको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । त्यस अघि बिहान ८ बजे तेस्रो स्थानका लागि सुदूरपश्चिम र मधेस प्रदेश खेल्नेछन् ।

प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा पहिलो हुने टोलीले १ लाख पाउँदा दोस्रोले ७५  हजार र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार प्रमाण पत्र प्राप्त गर्ने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey