नाडल अन्तिम १६ मा
- नेप्लेज
- |
- २०८१-०१-१८
- |
- 316 पटक हेरिएको
स्पेनिस खेलाडी राफेल नाडल मड्रिड ओपनको प्रिक्वार्टर फाइनलमा पुगेका छन् ।
अर्जेन्टिनाका पेद्रो काचिनलाई २-१ को सेटमा हराउँदै ३७ वर्षे नाडल अन्तिम १६ मा पुगेका हुन् ।
पहिलो सेट ६-१ ले जितेका नाडलले दोस्रो सेटमा ६-७ ले गुमाए ।
निर्णायक सेटमा ६-३ को जित निकाल्दै पाँच पटकका च्याम्पियन नाडल प्रिक्वार्टर फाइनलमा पुगेका हुन् ।
प्रिक्वार्टर फाइनलमा नाडलले चेक गणतन्त्रका जिरी लेहेच्कासँग प्रतिष्पर्धा गर्नेछन् ।
३०औं वरियताका लेहेच्काले ब्राजिलका थियागो मोन्टेरोलाई ६-४ र ७-६ ले हराएका थिए ।