आइओएम मिनि ओलम्पिकको दोश्रो संस्करण जेठ १० देखि

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१८
  • |
  • 370 पटक हेरिएको

आइओएम मिनि ओलम्पिकको दोश्रो संस्करण जेठ १० देखि हुने भएको छ ।

आइओएम मिनि ओलम्पिक कमिटी महाराजगञ्ज चिकित्सा क्याम्पसले ‘ह्वेयर प्यासन मिट्स प्रिजर्भेन्स एण्ड च्याम्पियन राइज एभोब’ भन्ने नारासहित खेल महोत्सव गर्न लागेको हो । प्रचार कमिटीका प्रमुख हिमाल आचार्यले आइओएम मिनि ओलम्पिक खेल महोत्सव यो वर्ष जेठ १० गतेदेखि १३ गतेसम्म हुन लागेको जानकारी दिए ।

उनका अनुसार महोत्सवअन्तर्गत फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, एथ्लेटिक्स, टेबलटेनिस, चेस, ब्याडमिन्टन, साइक्लिङ र स्वीमिङ गरी १० खेलहरु हुनेछन् ।

देशभरका मेडिकल कलेजहरुबाट इच्छुक विद्यार्थीहरुको सहभागिताको अपेक्षा राख्दै आवश्यक व्यवस्था मिलाइएको प्रचार कमिटीका प्रमुख आचार्यले बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey