अन्तर प्रदेश राष्ट्रिय कबड्डी सुनवलमा हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१६
  • |
  • 215 पटक हेरिएको

मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता पश्चिम नवलपरासीको सुनवलमा हुने भएको छ।लुम्बिनी खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा जिल्ला खेलकुद समिति नवलपरासी र कबड्डी सङ्घ नवलपरासी सह आयोजनामा आगामी चैत १९ देखि २१ सम्म पश्चिम नवलपरासीको सुनवलमा मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता हुन लागेको हो। 

नेपाल मै पहिलो पटक सुरु हुन लागेको राष्ट्रिय कबड्डी प्रतियोगितामा सातै प्रदेशका ९८ जना खेलाडी जसमा ७ जना प्रशिक्षक र २४ जना अफिसियल सहित १२९ जना सहभागी हुने पत्रकार सम्मेलनमार्फत जिल्ला खेलकुद समितिका अध्यक्ष रितमान कामु मगरले बताए ।

प्रतियोगिता लिग चरणमा हुनेछ ।प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले नगद १ लाख र सेमिफाइनल पुग्ने दुई टोली नगद ५० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र आयोजकले जनाएको छ। 

अप्रिल २२ तारिखदेखि बङ्गलादेशमा हुने वङ्गबन्धु कपको तयारी स्वरूपका खेलाडी छनौट लागि राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey