रियानको आक्रमक ब्याटिङमा दिल्लीलाई १८६ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१५
  • |
  • 312 पटक हेरिएको

काठमाडौँ । चौथो नम्बरमा ब्याटिङ गर्न आएका रियान परागको आक्रमक ब्याटिङको मद्यतमा इन्डियन प्रिमियर लिग (आइपीएल) टी२० क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ। 

जारी सिजन अन्तर्गतको नौँ खेलमा घरेलु टोली राजस्थान रोयल्सले पाहुना टोली दिल्लीलाई १८६ रनको लक्ष्य दिएको हो। 

घरेलु मैदना जयपुरमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट १८५ गुमाएर रन बनायो। 

राजस्थानको लागि रियान परागले सर्वाधिक ८४ रनको योग्दान दिए। उनले अन्तिम ओभरमा मात्रै ३ चौका र २ छक्का प्रहार गरेका थिए। ४५ बलको सामना गरेका रियान ७ चौका र ६ छक्कासहित ८४ रनमा अविजित रहे।

१.५ ओभरमा नौँ रनमै ओपनर यशस्वी जैसवाललाई ब्यक्तिगत ५ रनमा गुमाएको राजस्थानले टिमको स्कोर ३० रन हुँदा कप्तान सन्जु सामसनलाई १५ रनमा गुमाएको थियो। ५.२ ओभरमा ३ विकेट गुमाउँदै ३६ रन बनाएको राजस्थानको लागि सुरुवाती राम्रो हुन सकेन।
 
पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका रविचन्द्रन आश्विनले रियान परागसँग ५४ रनको अर्धशतकिय साझेदारी गर्दै उनी ब्यक्तिगत २९ रनमा आउट भए। 

आश्विन आउट हुनुअघि १९ बलमा ३ छक्का प्रहार गर्दै २९ रन बनाए। 

यस्तै ध्रुव जुरेलले २० रनको योग्दान दिए। उनले १२ बलमा ३ चौका प्रहार गर्दै १७.२ ओभरमा आउट भए। जोस बटलर १६ बलमा ११ रन र शिमरोन हेटमायर १४ रनमा अविजित रहे।

यता दिल्लीका लागि कुलदीप यादव, मुकेस कुमार, खलील अहमद, अक्षर पटेल र एनरिच नोर्टजेले समान १/१ विकेट लिए। 

जारी सिजनमा राजस्थान रोयल्सले आफ्नो पहिलो खेल जितेर सुखद शुरुवात गरेको थियो भने दिल्लीले भने आफ्नो पहिलो खेलमा हार बेहोरेको थियो।

राजस्थानले अघिल्लो खेलमा लखनउ सुपर जाइन्टलाई पराजित गर्यो भने दिल्ली आफ्नो पहिलो खेलमा पञ्जाव किंग्ससँग पराजित भएको थियो।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey