वेष्ट इण्डिज एद्वारा नेपाललाई १६१ रनको लक्ष्य, अन्तिम २ ओभरमा नेपालले खायो ३९ रन

सागर ढकाल र कुशल भुर्तेलले लिए महत्वपूर्ण २ विकेट

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१६
  • |
  • 330 पटक हेरिएको

सागर ढकाल र कुशल भुर्तेलले दुई दुई विकेट लिँदा नेपाल भ्रमणमा रहेको वेष्ट इण्डिज एले घरेलु टोलीसामू १६१ रनको लक्ष्य दिएको छ । 


टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको वेष्ट इण्डिज एले निर्धारिक २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो । 


ट्वेन्टी ट्वेन्टी क्रिकेटमा विश्वव्यापी प्रभाव जमाउन सफल वेष्ट इण्डिजलाई नेपालले सुरुदेखि नै दबाबमा राखेको थियो । 


तेस्रो ओभरमा सागर ढकालले दुई विकेट लिँदा दुबै ओपनर एलिक अथान्जी ६ रनमा र जन्सन चाल्र्स ११ रनमा आउट भए । अथान्जीलाई कुशल मल्लबाट क्याचआउट गराएका ढकालले चाल्र्सलाई बोल्ड गरे । दुई विकेट जाँदा १८ रन बनाएको वेष्ट इण्डिज एको पारी कप्तान रोस्टन चेजले  ६४ रनसम्म पु¥याए । तर, उनी कुशल भुर्तेलको बलमा बोल्ड हुँदा पाहुना टोलीले तीन विकेट गुमायो । 


त्यसपछि केसी कार्टी १० रन बनाएर कुशल भुर्तेलको बलमा क्याचआउट भए ।

वेष्ट इण्डिजका पछिल्ला क्रमका ब्याटरहरु नेपाली बलरसामू दबाबमा रहे । किमो पउल ८ रन बनाएर सोमपाल कामीको बलमा बोल्ड भए भने हाइडेन वास नौ रन बनाएर रनआउट भए । 


वेष्ट इण्डिजका ब्याटर आन्द्रे फ्लेचर ४३ रन बनाएर दिपेन्द्रसिंह ऐरीको बलमा लोकेश बमबाट क्याचआउट भए । 

अन्तिम दुई ओभर भने नेपालका लागि महँगो सावित भयो । 

१९औं ओभर बलिङ गरेका आकाश चन्दको बलमा दुई छक्का र एक चौकासहित वेष्ट इण्डिज एले १९ रन बनायो भने अन्तिम ओभरमा तीन छक्कासहित २२ रन बनाउँदा वेष्ट इण्डिज एले दरिलो स्कोर बनाएको हो ।

अन्तिममा गुडाकेश मोटीले ८ बलमा दुई चौका र चार छक्काको सहयोगमा ३३ रन बनाए भने म्याथ्यु फोर्डेले ६ बलमा ११ रन जोडे ।

एक सय १६१ रनको लक्ष्य लिएर नेपाली टिमले जवाफी ब्याटिङ गर्दैछ । 


नेपाली टिममा अघिल्लो खेलमा खेलेका पाँच खेलाडीलाई बेन्चमा राखेर पाँच नयाँ खेलाडीलाई मौका दिइएको छ । 

 

नेपाली टिम 


लोकेश बम
अनिलकुमार साह
रोहितकुमार पौडेल
मो. आरिफ शेख
दिपेन्द्रसिंह ऐरी
कुशल मल्ल
गुल्शनकुमार झा
सोमपाल कामी
सागर ढकाल
आकाश चन्द
कुशल भुर्तेल

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey