कालीकालाई हराउँदै सदाबहार सेमिफाइनलमा 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१६
  • |
  • 209 पटक हेरिएको

लामोसाँघु । न्यू सदाबहार युवा क्लब सिन्धुपाल्चोक जिल्ला लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। 

लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा आइतबार सम्पन्न दिनको पहिलो खेलमा श्री कालीका त्रिशक्ति युवा क्लबमाथि २-० गोल अन्तरको जित हासिल गर्दै सदाबहारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। 

सदाबहार जितमा सरोज पराजुली र राजु परियारले १/१ गोल गरे। सदाबहारले खेलको दोस्रो मिनेटमै पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई सदुपयोग गर्दै सरोजले सदाबहारलाई शुरूआती अग्रता दिलाए। पहिलो हाफमा १ गोलको अग्रता बनाएको सदाबहारले दोस्रो हाफमा १ गोल थप्यो। 

६५औँ मिनेटमा राजुले गोल गरेपछि सदाबहारले २-० को अग्रता बनायो। त्यसपछि बाँकी समयमा थप गोल नहुँदा सदाबहार २-० ले विजयी भयो।

समूह ‘डी’ मा रहेको सदाबहार लगातार दोस्रो जितसहित अन्तिम चारमा प्रवेश गरेको हो। सदाबहारले पहिलो खेलमा सुनौलो बिहानी अभियानलाई २-१ गोल अन्तरले पराजित गरेको थियो। 

यस्तै, आइतबार नै हुने दिनको दोस्रो खेलमा समूह ‘ए’ मा रहेको चौतारा स्पोर्टिङ क्लबले न्यू जेनेरेसन क्लबको सामना गर्नेछ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey