सन्दीपको २३ चैतमा पहिलो सुनुवाई 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१५
  • |
  • 729 पटक हेरिएको

नेपाली क्रिकेट सन्दीप लामिछानेको पहिलो सुनुवाई २३ गते हुने भएको छ । सन्दीपले उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंको फैसला पुनरावलोकनका लागि निवेदन दिएका थिए । सोही मुद्दाउपर सरकारी पक्षले पनि पुनरावलोकन निवेदन दिएकाले विहीबार साधारण तारिख रहेको थियो ।

तारिख बुझेकाले अब पहिलो सुनुवाई २३ गते शुक्रबार हुने उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए । एक पक्षले मात्र पुनरावलोकनको निवेदन दिएको भए २३ गते झगडिया झिकाउने आदेश हुने थियो । तर, सरकारी पक्ष पनि पुनरावलोकनका लागि गएकाले २३ गते दुवै जनालाई एक अर्काको पुनरावलोकन सुनाउने काम हुने छ । त्यसपछि दुवै निवेदनलाईसँगै राखेर निरन्तर सुनुवाई हुने उच्च अदालत पाटनले जनाएको छ । 

गत वर्ष गौशाला २६ ले क्रिकेटर सन्दीपलाई बलात्कारको मुद्दा दर्ता गरेकी थिइन् । उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको छ । उक्त फैसलामा चित्त नबुझाएपछि सन्दीप उच्च अदालत पाटन गएका हुन् । त्यही फैसलामा गौशाला २६ नावालिक नरहेको उल्लेख गरिए पछि सरकारी पक्ष पनि उनी नावालिक नै रहेको भन्दै फैसला पुनरावलोकनका लागि गएकी छन् । 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey