आइपीएलकै सर्वाधिक लक्ष्य पछ्याएको मुम्बई हैदराबादसँग पराजित 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१५
  • |
  • 544 पटक हेरिएको

इन्डियन प्रिमियर लिगमा आइपिएल टी–२० लिगमा मुम्बईमाथि सनराइर्जस हैदराबादले रोमाञ्चक जित निकालेको छ । निकै रोमाञ्चक खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले पराजित गरेको हो । 

आइपीएलको इतिहासमा अहिलेसम्म कै २७८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै २४६ रन बनाउन सक्यो । यसअघि हैदराबादले पहिला ब्याटिङ गर्दै तीन विकेटको क्षतिमा २७७ रन बनाएको थियो । 

मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ६४ रनको योगदान गरे । उनले ३४ बलमा ६ छक्का र दुई चौका प्रहार गर्दै ६४ रन बनाए । त्यस्तै टिम डेविड ४२ र रोमारियो सेपहर्ड १५ रनमा अविजित रहे । नमन धिरले ३० रनको योगदान गर्दा इशान किसन ३४ रनमा आउट भए । रोहित शर्मा २६ र कप्तान हार्दिक पाण्ड्या २४ रन बनाउँदै पेभिलियन फर्किएका थिए । 

मुम्बईलाई रोक्न हैदराबादका लागि जयदेव उनाडकर्ड र कप्तान प्याट कुमिन्सले दुई दुई विकेट लिँदा एक विकेट शाहबाज अहम्मदले लिए । 

यसअघि हैदराबादले घरेलु मैदान राजिव गान्धि क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाएको थियो । 

उक्त लक्ष्य आईपीएल ईतिहासकै सर्वाधिक ठुलो लक्ष्य रहेको थियो । यसअघि २०१३ मा रोयल च्यालेन्जर्स बेंगलुरुले पुने वारियर्स ईन्डियाविरुद्ध २६३ रन बनाएको थियो। 

हैदराबादका लागि हेनरिक क्लेसन, अभिसेक शर्मा र ट्राभिस हेडले अर्धशतक बनाए। शर्माले ३ चौका र ७ छक्काको सहयोगमा ६३ रन बनाए। 

ओपनर हेडले २४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ६२ रन बनाए। दोस्रो विकेटका लागि शर्मा र हेटले २३ बलमा ६८ रनको सानदार साझेदारी गरे। 

क्लेसनले ३४ बलमा ४ चौका र ७ छक्काको सहयोगमा अविजित ८० रन बनाए। एडेन माक्ररमले २८ बलमा २ चौका र १ छक्काको सहयोगमा अविजित ४२ रन बनाए। क्लेसन र माकरमले चौथो विकेटका लागि ५५ बलमा अविजित १ सय १६ रनको साझेदारी गरे। 

मुम्बईका लागि हार्दिक पाण्ड्या, जेराल्ड कट्जी र पियुष चावलाको नाममा १-१ विकेट रह्यो।

जितसँगै हैदराबादले पहिलो दुई अंक जोडेको छ । मुम्बईको भने यो लगातार दोस्रो पराजय हो । यसअघि पहिलो खेलमा हैदराबाद चेन्नाईसँग ६३ रनले मुम्बई गुजरात टाइटेन्ससँग ६ रनले पराजित भएको थियो । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey