बागमती प्रदेशले सुदुरपश्चिमलाई ९६ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-१७
  • |
  • 672 पटक हेरिएको

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा फाइनल पुग्न प्रयासरत वागमती प्रदेशले कमजोर व्याटिङ प्रदर्शन गर्दा सुदूरपश्चिमलाई ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको वागमतीले ३०.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनको योगफल बनायो । 

वागमतीका लागि विवेक मगरले ७५ बलमा ३२ तथा कृष कार्कीले १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् । 

वागमतीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हेमन्त मल्ल र शेर मल्लले क्रमसः ५ र ४ विकेट लिए । हेमन्तले १० ओभरमा ४ मेडन राख्दै १९ रन खर्चिए । शेरले ५.१ ओभरमा ३१ रन खर्चिए । 

सुदूरपश्चिमले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ । जित हासिल गरे सुदूरपश्चिमले फाइनलमा स्थान सुरक्षित गर्नेछ । लुम्बिनी प्रदेश यसअघि नै फाइनलमा पुगिसकेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey