बंगलादेश टी २० विश्वकपको सुपर १२ मा प्रवेश

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०७-०४
  • |
  • 654 पटक हेरिएको

टी २० विश्वकप क्रिकेटमा बंगलादेश सुपर १२ मा प्रवेश गरेको छ । विहीबार पपुवा न्युगिनी (पीएनजी)माथि ८४ रनको जित दर्ता गर्दै बंगलादेशले सुपर १२ मा स्थान पक्का गरेको हो । समूह बीको खेलमा बंगलादेशले दिलएको १८२ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले ९७ रनमा समेटिएको थियो । बंगलादेशले टस जितेर पहिला ब्याटिङ रोजेको थियो ।

पहिलो ओभरमै मोहम्मद नइम खाता नखोल्दै आउट भएका थिए । शाकिब अल हसन र लिटन दासले दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । आठ ओभरमा ५० रन हुँदा दास आउट भए ।

उनले २३ बलमा २९ रनको योगदान गरे । त्यसपछि ११ औं ओभरमा मुशफिकुर रहिम ७२ रन भएका बेला ब्यक्तिगत ५ रन जोडेर पभेलियन फर्किए । बंगलादेशले १४ औं ओभरमा १०० रन पार गरेको थियो ।

तर सोही ओभरमा साकिब अल हसन आउट भए । साकिब ४६ रनमा पभेलियन फर्किएका थिए । महमुदुल्लाहले ५० रनको आक्रमक पारि खेलेका थिए । यसैगरी अफीफ हुसेनले २१ तथा मोहम्मद सैफुद्दिनले १९ रन बनाएप्छि बंगलादेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो ।

ठूलो लक्ष्य पछ्याएको पीएनजीले २९ रन बनाउँदा ७ विकेट गुमाएको थियो । पीएनजीका किपलिन डोरिगाले सर्वाधिक ४६ रन नटआउट बनाउँदा चाड सुपरले ११ रनको योगदान गरे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

Shakib Al Hasan finished with figures of 4 for 9

पीएनजीलाई सस्तैमा समेट्नका लगि साकिब अल हसनले सर्वाधिक ४ विकेट लिँदा मोहम्मद सैफुद्दिन र टकसिन अहमदले दुई दुई विकेट लिए ।
 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey