एसेन्सोको ह्याट्रिकमा रियल मड्रिडको फराकिलो जित 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०६-०७
  • |
  • 885 पटक हेरिएको

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

रियलले मालोर्कामाथि ६–१ गोल अन्तरको फराकिलो जित दर्ता गरेको हो । अहिलेसम्म अपराजित रहेको मड्रिडले ६ खेलबाट १६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको १४ अंक रहेको छ । 

रियललाई घरेलु मैदानमा जिताउनका लागि एसेन्सोले ह्याट्रिक गर्दा करिम बेन्जिमाले २ थता इस्कोले एक गोल गरेका थिए ।

बेन्जिमाले तेस्रो मिनेटमै गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । एसेन्सोले २४ औं मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । २५ औं मिनेटमा मालोर्काका लागि ली काङले गोल गर्दै अग्रता कम गर्ने प्रयास गरेका थिए । २९ औं मिनेटमा एसेन्सोले व्यक्तिगत दोस्रो गोल गर्दा मड्रिड ३–१ ले अघि बढेको थियो ।

५५ औं मिनेटमा एसेन्सोले ह्याट्रिक पुरा गरे । एसेन्सोले गरेका पछिल्ला दुवै गोलमा बेन्जिमाले साथ दिएका थिए । ८४ औं निनेटमा इस्कोले गोल गरेपछि रियल मड्रिड ६–१ गोलको फराकिले जित दर्ता गर्न सफल भयो । नतिजापछि मालोर्का भने ६ खेलबाट ८ अंकसहित १० औं स्थानमा रहेको छ ।


ला लिगामा भिल्लारियलले एल्चमाथि ४–१ गोलको जित दर्ता गर्दा सेभिल्लाले भ्यालेन्सियालाई ३–१ ले पछि पारेको थियो ।
एसप्यानोलले आलाभेसमाथि १–० को जित दर्ता गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey